इन्टर क्लव टी–ट्वान्टी क्रिकेट : चितवनको विजयी शुरुवात

पोखरा स्पोर्टस । के.एन.स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिग–२०२१ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लव विजयी भयो । चितवनले स्याँग्जा क्रिकेट क्लवमाथि ६६ रनको फराकिलो जित निकालेको हो ।

पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार पारेको थियो । चितवनको तर्फबाट राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेले भने रोविन शर्माले ३१ रन जोड्दै उनलाई राम्रो साथ दिए । स्याँग्जाका बलरहरु विष्णु पाण्डेले ४ तथा अशोक श्रेष्ठ, सुरज गुरुङ्ग र दिपेश क्षतिले समान एक–एक विकेट लिए ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको स्याँग्जा १५.२ ओभरमा ८८ रनमै अलआउट भयो । स्याँग्जाको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मी दुवैजनाले २४/२४ रनको योगफल तयार पारको थिए । चितवनको बलिङ्गतर्फ दिपेश श्रेष्ठ र कृतन गुरुङ्गले ३/३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २/२ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा चितवनका राजेश ढकाल म्यान अफ द म्याच हुन सफल भए ।

यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यस्तै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जकान्त सिग्देलले अफिसियल दिलिप अग्रहरीलाई म्याच बल प्रदान गरेका थिए । आयोजक के.एन. स्पोर्टसका सञ्चालक समेत रहेका प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close