राष्ट्रपति कप : एथलेटिक्समा गण्डकीलाई दुई पदक

पोखरा स्पोर्टस । काठमाण्डौ जारी राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा गण्डकीले एथलेटिक्समा बुधबार २ पदक जितेको छ ।

जारी प्रतियोगितामा गण्डकीले छात्रा ज्याभलिन थ्रो मा रजत पदक र छात्रातर्फ नै हाइजम्पमा कास्य पदक जितेको हो । गण्डकीका लागि ज्याभलिन थ्रोमा बिनिता सार्कीले रजत पदक जितेको टिम अफिसियल हरि बरुवालले पोखरा स्पोर्टसलाई जानकारी दिए । बिनिताले २७.९६ मिटर थ्रो गर्दै गण्डकीका लागि रजत जितेकी हुन् । उनी ब्यास नगरपालिका तनहुँमा सत्यवती मावीमा अध्ययनरत छिन् ।

ज्याभलिन थ्रोमा राष्ट्रिय रेकर्ड समेत बनेको छ । लुम्बिनीकी निशा चौधरीले यस अघि शिला चौधरीको नाममा रहेको २९.४५ मिटरको रेकर्ड ब्रेक गर्दै २९.५७ मिटर थ्रो गरेकी छन् । जुनियर प्रतियोगितामा सिनियरतर्फको रेकर्ड ब्रेक भएको हो ।

यसै गरी गण्डकीका लागि लक्ष्मी परियारले हाई जम्पमा कास्य पदक जितेकी छन् । उनले ४.४५ मिटर जम्प गर्दै कास्य पदक जितेको जनाइएको छ । उनी लमजुङ राइनाश नगरपालिकास्थित बिरभक्ति मावीमा अध्ययनरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close