यलम्बर भेट्रान राष्ट्रब्यापी ब्याडमिन्टन : कास्कीका विधान र पविनको जोडीलाई उपाधी

पोखरा स्पोर्टस । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कल काठमाण्डौको आयोजनमा भईरहेको ‘तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप’मा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी उचालेका छन् ।

अधिकारी र लिनथेको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवश शंकरको जोडी तथा न्यु बि.एस. का निश्चल खत्री र श्रीजल पोखरेल रहे ।

बिजयीले नगद ५० हजार, उपबिजयीले नगद २५ र तृतीयले नगद १०/१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

च्याम्पियनसिपको मुख्य आकर्षण ५५ बर्ष माथिको डबल्समा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडीले जित हात पारे । सुरेश र दिलको जोडीले नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीलाई २–१ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सुरेश र दिलको जोडीले १९–२१, २१–१७, २१–८ ले बिजय भएका हुन् ।

एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडी र किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी संयुक्त तेश्रो भए । बिजयीले नगद ३० हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०–१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यलेदोङ ५०८३ को अवसरमा आयोजित च्याम्पियनसिपको महिला एकल (२० बरियता देखि बाहेक) मा मेची ब्याडमिन्टन क्लबकी अञ्जना राईले उपाधी उचालिन । राईले सेनाकी रिहाना शेरचनलाई २०–२२, २१–१७, २१–१४ ले पराजित गर्दै महिला एकल उपाधी जितेकी हुन् । तेश्रो स्थानमा स्पोर्टस् हवकी बविता पुरी र पुष्पा शाही रहे ।

बिजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०–१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

४५ बर्ष माथी पुरुष डबल्सको स्पर्धामा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । राजेश र शम्भुको जोडीले पिस फिटनेश क्लबका पुर्ण हरि होना र संजय कपालीको जोडीलाई २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । पिस फिटनेश क्लबका सुरेन्द्र कटुवाल र साजन न्यौपानेको जोडी तथा गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापाको जोडी संयुक्त तेश्रो भए ।

बिजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०–१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष एकल १९ बर्ष मुनी (उच्च २० बरियता बाहेक) को खेलमा एपिएफका क्षितिज खनालले जित हात पारे । खनालले सेनाका नरेन्द्र बमलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका डेविड थापा मगर र हिमाल चन्द संयुक्त तेश्रो भए ।

बिजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०–१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र पुलिसका बिष्णु कटुवालको जोडीले कास्कीका बिशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै उपाधी उचाले । दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी तथा ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।

बिजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०–१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नविन विक्रम शाह लगायतले पुरस्कार वितरण गरे ।

च्याम्पियनसिपमा पुरुष युगल (शिर्ष २० बरियता बाहेक), ५५ बर्ष माथिको भेट्रान पुरुष युगल, ४५ बर्ष माथी पुरुष युगल, ३५ बर्ष माथि पुरुष युगल, महिला एकल (शिर्ष २० बरियता बाहेक), १९ बर्ष मुनि (शिर्ष २० बरियता बाहेक) गरि कुल ६ इभेन्टसमा प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा २६९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close