‘अर्मला पर्वतिय दौड’ धरानका मोहनले जिते

पोखरा स्पोर्टस । छैटौं सस्करणको ‘अर्मला पर्वतिय दौड’ धरानका मोहन कुमार राईले जितेका छन ।

पोखरा महानगर पालिका वडा नं १६ स्थित पर्यटकिय गन्तव्य समेत रहेको १२ किलोमिटर पर्वतिय दौड धरानका मोहनले दुरी ५३ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधी जितेका हुन । उनले अर्मला पर्वतिय दौड’ को उपाधि सँगै नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारेका छन ।

सोही दुरी कास्कीका शरद बरालले ५३ मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो र कास्कीकै दिल बहादुर वुढा मगरले ५६ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन भने वागलुङका निशान वुढा मगर चौथो भएका छन । दौडमा दोश्रो, तेश्रो र चौथो हुनेले नगद क्रमश १०, ५ र २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको दुर्गा यूवा क्लवका अध्यक्ष गंगा गुरुङले पोखरा स्पोर्टसलाई बताए ।

यसै गरी महिलातर्फको दौडमा स्याङजाकी रिता गुरुङले बाजी मारेकी छन । उनले १२ किलो मिटर दौड १ घन्टा ३० मिनेटमा पार गर्दै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारिन । महिलातर्फ नै कास्कीकी ललिता लामिछानेले १ घन्टा ४१ दुरी पार गर्दै नगद ३ हजार र कास्कीकै कोमली खडकाले नगद २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रहे ।

सोही दौड अन्तर्गत वडा नं १६ क्याटोगरीतर्फ क्रमश सुजन विक, राजकुमार क्षेत्री र अमृत परियार क्रमश पहिलो, दोश्रो र तेश्रो हुँदै नगद ८, ५ र ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा पुरुष र महिला गरी ७६ जनाको सहभागिता रहेको थियो ।

विजेता धावकहरुलाई पोखरा महानगर पालिका वडा नं १६ का अध्यक्ष जिवन कुमार आचार्य, वडा सदस्यद्वय राजेश गुरुङ र गोमा गौतम अर्मला निवासी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, समाजसेवी कर्ण बहादुर गुरुङ लगाएतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि पोेखरा १६ दिप स्थित केआइसिं पुलबाट शुरु भएको दौडको शुभारम्भ गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए ।

दुर्गा यूवा क्लव अर्मलाको आयोजनामा भएको उक्त दौड अर्मलामा लाग्ने श्रीपञ्चमी मेलाको अवसरमा हुने गरेको अर्मला निवासी तेज गुरुङले जनाएका छन । उक्त दौडका लागि अर्मला विकास मञ्च अर्मलाकोट यूके तथा पोखरा महानगरपालकिा वडा नं १६ को प्रायोजनमा भएको अर्मला निवासी जुम गुरुङले बताए ।
तस्विरः रोशन भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close