राष्ट्रपति रनिङ शिल्ड : छात्र भलिबलतर्फ गण्डकी सेमीफाइनलमा

पोखरा स्पोर्टस । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गण्डकीको छात्र भलिबल टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

गण्डकीले आफ्नो समुहमा दुईमा जित र एकमा हार व्यहोर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । आज सम्पन्न लिगको अन्तिम खेलमा सुदुर पश्चिमलाई २५–१६, २५–२२ ले जित्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

तर गण्डकी बागमती प्रदेश संग भने प्रतिष्पर्धान्त्मक खेलमा पराजय भोगेको छ । बागमती संग २७–२५ र २५–२२ ले पराजित भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

यसै गरी शुक्रबार भएको खेलमा कोशी विरुद्ध २५–२१ र २५–२२ ले जित निकालेको छ ।

गण्डकीले सेमीफाइनल लुम्विनी संग आइतबार खेल्ने गण्डकीका टिम म्यानेजर लेखनाथ लम्सालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close