गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिबलको तयारीमा जुट्यो

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको भलिबल टिम पोखरा १९ तिज महोत्सवमा आयोजना हुने लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ ।

प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ टिमले तयारी गरिरहेको हो । यहि भदौ ३० गतेबाट सुरु हुने प्रतियोगिताका लागि टिमलाई पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिएका छन् ।

यहि भदौ ८ गतेबाट करिव तिन साताको लागि बन्द प्रशिक्षणमा टिमलाई राखिएको पोखरा स्पोर्टसलाई बताउँदै प्रशिक्षक केसीले दुई नयाँ अनुहारसहित टिम लामाचौर उक्त प्रतियोगितामा उत्रिने भएको उनले बताए । उनले भने–“यति बेला हामी उपाधि जित्ने योजनामा छौं । हामी दर्शकहरुलाई निराश बनाउने पक्षमा छैनौं । त्यसैले पनि हामीले विगतमा भएका गल्तिहरुलाई प्रशिक्षणका दौरान मिहिन रुपमा केलाउँदै सुधार गर्दैछौं ।”

हरि पाण्डेको कप्तनीमा रहेको गण्डकी प्रदेश भलिबल टिममा नवलपुरका सरोज वर्देवा पहिलो पटक टिममा समावेश भएका छन् । उनले गण्डकी प्रदेशको टिममा समावेश हुँदै पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिताको अनुभव संगाल्ने छन् ।

त्यस्तै अर्का खेलाडीहुन कास्कीका विजय परियार । उनी दोश्रो पटक गण्डकीका लागि खेल्दैछन् । उनी यस अघि किङ्स कपमा सहभागि थिए । विजयले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा दोश्रो पटक टिममा बोलाइएको प्रशिक्षक केसीले बताए ।

त्यस्तै गण्डकी प्रदेशको टिममा जिवन सुनार, रवि केसी, किरण गुरौ, हिमाल सुनारी, इन्द्र विक, सन्तोष राना, सुजन चोख्याल, विवश आले, घनश्याम चौधरी र कुन्जन शाही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close