मञ्चद्वारा तमु धिं युकेका कोषाध्यक्ष गुरुङको स्वागत

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले तमु धिं यूकेका कोषाध्यक्ष तथा समाजसेवी कमल गुरुङलाई पोखरामा स्वागत गरेको छ ।

पोखरा घरभै हाल युकेमा व्यवसाय गर्दै आएका मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङलाई स्वागत गरेको हो । उनलाई मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङले स्वागत गरेका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष पराजुलीले तमु धि युके, पोखरेली मञ्च युके र सहारा युकेको सहयोग पोखरा म्याराथन सफल बनाउन महत्वपूर्ण रहेको बताए । उनले भने–“यहाँको सामाजिक कार्यमा होस वा खेलकुदको विकासमा युके निवासी नेपालीहरुको योगदान महत्वपूर्ण छ यसका लागि म पुनः एक पटक आभार व्यक्त गर्न चाहन्छु ।” उनले १७ औं संस्करणको पोखरा म्याराथनको तयारी सुरु भएको जनाउँदै पोखरा म्याराथनलाई प्रविधिमार्फत अझै सवल बनाउन मञ्चले प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी गुरुङले मञ्चले आयोजना गर्ने पोखरा म्याराथन विश्वका नेपालीहरुका लागि निकै आकर्षण रहेको बताए । उनले आगामी दिनमा समेत सहयोग जारी रहने बताउँदै पोखरा म्याराथनमार्फत पोखराको पर्यटन प्रवर्द्धनमा समेत निकै सहयोग पुगेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close