
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आयोजना हुने अपाङ्गता दौड यहि माघ २६ गते पोखरा रंगशालामा हुने भएको छ ।
सो दौडको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको हो । पोखरा म्याराथनअन्तर्गत हुने उक्त प्रतियोगितामा महिला तथा पुरूष ह्विल चियर एवं महिला/पुरूष दृष्टिबिहिन दौड हुनेछ ।

सो दौडतर्फका संयोजक अमृत बरालका अनुसार पुरूष ह्विल चियरतर्फ २ किमि दौड र महिला तर्फ १ किमि दौड हुनेछ । ह्विलचियर पुरूषतर्फ १८ जना र महिलातर्फ ९ जना गरी २७ जनाको सहभागिता रहेको छ ।
त्यस्तै पुरुष दृष्टिविहिन दौड पुरुषतर्फ ३१ जना र महिलातर्फ ११ जना गरी कुल ४२ जनाको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष समान जनही नगद रु १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । चार वटा विभिन्न इभेन्टमा गरी कुल ८८ हजार खर्च हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन भने फागुन ३ गते शनिबार हुनेछ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालाबाट सुरू भई लेकसाइड हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।


