
पोखरा स्पोर्टस । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसिया ट्रयथलनका अध्यक्षको सिनियर सल्लाहकारमा मनोनयन भएका छन् ।
एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजले श्रेष्ठलाई सिनियर सल्लाहकारमा मनोनयन गरेका हुन् । अध्यक्ष अजिज २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसिया अन्तर्गतको कार्यकारी सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष समेत हुन् ।
यस्तै अध्यक्ष अजिज वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् । निर्वाचन लगतै सम्पन्न पहिलो तथा ९० औं कार्यकारी बैठकले श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहरमा मनोनयन गरेका छन् । उक्त बैठक २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो ।
श्रेष्ठ नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव समेत हुन् । यस्तै उनी विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।
