एन्फाबाट खोसियो दशरथ रंगशाला, राखेपले आफै संरक्षण गर्ने

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ ।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मर्मत सम्भार तथा संरक्षण गर्दै आएको थियो । राखेपले एन्फाबाट मैदान संरक्षणको अधिकार खोस्दै अब आफैले संरक्षण गर्ने जनाएको हो ।

एन्फाबाट मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएको जनाउँदै राखेप आफैले संरक्षण गर्न प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वर्द्धन राखेपले नै गर्ने भनी उल्लेख भए बमोजिम राखेपले रंगशाला आफ्नै मातहत ल्याएको हो ।

दशरथ रंगशालाको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close