
पोखरा, निर्माणाधिन पोखरा रंगशालाको फुटबल मैदानमा रोपिने बर्मुडा दुवोको दोश्रो कन्साइनमेन्ट कलकत्ता बाट पोखरा आइपुगेको छ ।
१३ औं दक्षिण एसियाली खेलाकुद (साग)का लागि रंगशाला तयार गरिरहेको भारत स्थित ग्रेट स्पोर्टस र नेपालको एम ए कन्स्ट्रक्सनले मैदानलाई तयार गर्न भारत बाट दुबो आयात गरेको हो ।
रंगशाला निर्माण गरिरहेको प्रोजेक्ट म्यानेजर दिपक बरालका अनुसार दोश्रो कन्साइनमेन्टमा २० हजार स्क्वायर फिट दुवो पोखरा आइपुगेको हो । करिब १५ दिन अघि १५ हजार स्क्वायर फिट दुवो पोखरा आएको थियो ।
करिब ८६ हजार स्क्वायर फिट दुवो लाग्ने रंगशालामा अबको १० दिन भित्र सबै दुबै आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए । ‘हामीले ९० हजार स्क्वायर फिट दुबो आयात गर्दैछौ साग खेल सुरु हुनु अघि सबै मैदान तयार हुन्छ यसमा ढिलाई हुने कुनै कारणनै छैन’ उनले भने ।

पोखरा रंगशालामा रहने दर्शक दिर्घा बस्ने मोडुलर ग्राण्ड स्टाण्ड फ्रान्स बाट ढिलोमा नोभेम्वर पहिलो साता सम्म पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले जनकारी दिंदै उक्त कार्यका लागि फ्रान्स र भारतका प्राविधिक टोलीहरु निरिक्षणका लागि एक साता पछि पोखरा आइपुग्ने बताए ।
रंगशालाको सिन्थेटिक ट्रृेकलाई अन्तिम रुप दिन जर्मनी प्राविधिक टोली समेत पोखरा आउन लागेको प्रोजेक्ट म्यानेजर बरालले बताए । रंगशाला भित्र प्रि इन्जिनियरिङ विल्डिङको फाउण्डेशनको काम सकिएको र अव फिटिङ हुन मात्रै बाँकी रहेको बरालले जानकारी दिए ।
ढुक्क हुनुहोस साग पोखरामा नौ वटा खेल हुन्छन–राखेप सदस्य गुरुङ
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने साग खेल अन्तरगत पोखरामा नौ वटा खेल हुने बताएका छन । साग पोखराका लागि धेरै कामहरु अब अन्तिम चरणमा पुगिसकेको जानकारी दिंदै गुरुङले परिषद बाट साग पोखराका लागि आवश्यक बजेट समेत निकासा हुन थालेको बताए ।
पोखरामा हुने सागलाई हामी सबैले मिलेर सफल बनाउनु पर्छ भन्ने उद्घोष गर्दै राखेप सदस्य गुरुङले सबै एक जुट भएर अगाडी बढेमा खेलकुद क्षेत्रमा पोखराको शान वढ्ने निश्चित रहेको बताए ।
राखेप सदस्य गुरुङले यसो भनेः
