महिला ह्याण्डबलः महिलातर्फ गण्डकी, कर्णाली र प्रदेश १ को जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिल ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ । समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो। कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५/५ स्कोर गरे ।

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ। मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो ।

महिला ह्याण्डबलः प्रदेश–१ को जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो। पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अंक जोडेको छ। प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन्।

महिला ह्याण्डबलः गण्डकीको दोस्रो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकीले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा खेलेको आफ्नो दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ। आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close