
पोखरा स्पोर्टस । खेलाडीहरुको जिवन निर्वाहका लागि उनीहरुको रोजगारीको सुनिश्चितता संगै खेल शुरक्षा भत्ता आवश्यक रहने पोखरामा शनिबार आयोजित एक छलफल कार्यक्रममा उठेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीले सुझाव संकलनका लागि आयोजना गरेको ‘गण्डकी प्रदेशका खेलाडीहरुको दिगो रोजगारीको क्षेत्र पहिचान सम्वन्धि एक अध्ययन’ कार्यक्रममा सहभागिहरुले उक्त कुरालाई उठाएका हुन् । उनीहरुले खेलाडीहरुको लागि खेलकूद क्षेत्रभित्र र बाहिर रोजगार प्राप्तीको अवस्थाको पहिचान एवम विश्लेषण संगै खेलाडीहरुलाई दक्ष जनशक्तिको रुपमा रुपान्तरण, तथ्याङ्क संकलन, निजि क्षेत्रलाई प्रोत्सहान, एक विद्यालय एक खेल प्रशिक्षकको ग्यारेन्टी, गुणस्तरिय प्रशिक्षण लगायतका विषयमा धारणा व्यक्त गरेका थिए ।
सहभागिहरुले रोजगारीको अवसर यति बेला सोचे अनुरुप नभएकोले नितिगत रुपमानै आवश्यक रहेको बताउँदै खेलकुदलाई शिक्षा संग जोड्न अपरिहार्य रहने कुरामा समेत जोड दिएका छन् । उनीहरुले सामाजिक रुपमानै आर्थिक सम्मुन्नती र जिवन शुरक्षाको ग्यारेन्टी, आत्मनिर्भर बनाउँदै गर्दै समाजमा खेलकुदलाई मुख्यधारमा ल्याउनु डोर्याउन आवश्यक रहेको कुरा औंल्याए । खेलकुदलाई राजनितिबाट टाढा राख्दै खेलाडीलाई रोजगारीको सिर्जना संगै उनीहरुलाई सम्मान गर्नुपर्ने कुरालाई महत्वका साथ उठाए ।
कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, समाजशास्त्री एवम प्रा.डा.विश्वकल्याण पराजुली, मानवशास्त्री अमृत भण्डारी, गण्डकी विश्वविद्यालयका डिन डा.कपिल अधिकारी लगायत विभिन्न खेलकुद संस्थालागयतका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
