पोखरामा सम्पन्न ५ किमि दौडमा सन्तोषले मारे बाजी

पोखरा स्पोर्टस । पोखरा प्रोफेसनल फिजिकल फिटनेस सेन्टरले पोखरामा बुधबार आयोजना गरेको ५ किमि रोड रेसमा सन्तोष नाथ योगीले बाजी मारेका छन ।


सन्तोषले दौडमा सहभागि ४० जना प्रतिष्पर्धीलाई उछिन्दै नगद १० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छन । पोखरा प्रोफेसनल फिजिकल फिटनेसका प्रवन्ध निर्देशक सन्दिप विकले आफ्नो जन्मोत्सवको दिनमा आयोजित उक्त दौड प्रतियोगितामा निरज भट्ट क्षेत्री दोश्रो र सुनित चौधरी तेश्रो भए । उनीहरुले क्रमश नगद ७ र ५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले कोभिड १९ महमारी पछि खेलकुद कार्यक्रमले गति लिन शुरु गरेको भन्दै खुसी व्यक्त गरे । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय पोखरा म्याराथनले सिङ्गो गण्डकी प्रदेश संगै पोखराको पहिचान बनाउन भूमिका खेलेको प्रसङ्ग अघि सार्दै उनले यस्तै प्रकारका दौड लगायतका खेलकुद कार्यक्रमहरु परिषदले अगाडी बढाउन सोच रहेको बताए ।

फिजिकल फिटनेशका प्रवन्ध निर्देशक विकको अध्यक्षतामा भएको कार्यक्रममा फिजिकल फिटनेशको छाता संस्थाका सचिव जित तमु, पोखरा फिजिकलका ट्रेनर धुर्व केसी लगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । दौडमा ३० औं सम्म आउने खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त दौड पोखराको पर्यटकिय क्षेत्र वडा नं ६ वैदाम हल्लनचोक बाट शुरु भएके उक्त दौड जिरो किमि, मालेपाटन, वागलुङ बसपार्क हुँदै हरि चोकमा पुगेर सम्पन्न भएको थियो ।

दौड कार्यक्रम आयोजना गरेको पोखरा फिजिकल फिटनेशले नेपाली युवाहरुलाई विदेशी तथा स्वदेशी सेनाका लागि आवश्यक फिजिकल प्रशिक्षण दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close