‘विराट चक्र विज्ञान’ पोखरा रंगशालामा नहुने

पोखरा स्पोर्टस । अन्ततः ‘विराट चक्र विज्ञान’ र गण्डकी स्वरोजगार कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ ।

करिव तीन साता देखि पोखरा रंगशालामा हुने गरी तयारी थालिए पनि बुधबार एक सूचना प्रकाशित गरी पोखरा रंगशालामा यहि १० गतेबाट हुने भनिएको कार्यक्रम स्थगित गरेको हो । पोखरा रंगशालामा तय भएको उक्त कार्यक्रम सवत्र विरोध भए पछि तयारीको अन्तिम चरणमा पुगेर आयोजक टोली पछि हटेको छ । पोखरा रंगशालामा हुने फुटबल लगायत प्रशिक्षण कार्यलाई प्रभावित हुने गरी तयारी सुरू गरिए पनि चौतर्फी रुपमा खेलाडी र खेल संघहरुले विरोध गरेका थिए ।

सूचनामा जनाइ अनुसार मौसम तथा प्राविधिक कारणले पोखरा रंगशालामा असहज हुने भन्दै स्थान्तरण गर्न लागिएको जनाइएको छ भने फागुन १० गते हुने स्वजागरण कार्यक्रम समेत स्थगित गरी अन्य कार्यक्रम भने पूर्ववत रुपमा स्थान स्थानतरण गरी सञ्चालन गरिने भएको आयोजकले जनाएको छ । सो कार्यक्रममा दैनिक १० हजारको संख्यामा सहभागि हुने कार्यक्रम रहने आयोजकले जनाएको थियो । 

प्रति व्यक्ति १० हजार संकलन गरिएको भनिएको ‘विराट चक्र विज्ञान’ एक साता सम्म सञ्चालन हुने गरी पोखरा रंगशाला माथिको आदेश भन्दै तयारी गरिएको थियो ।

पोखरामा केही दिन यता पोखरामा मुख्यस्थलहरु धार्मिक कार्यक्रम आयोजनका लागि विवाद बढ्दै गएको छ । नवौं राष्ट्रिय खेलकुदमा बिच भलिबलका लागि राष्ट्रिय खेलकुद परिषदले करिव ५२ लाख खर्चिएको नेपाल ट्रष्टको जग्गामा समेत कोटिहोम गर्न पाउनु पर्छ भन्दै अर्को एक संस्थाले विज्ञापन गरिरहँदा सो विवाद अदालत सम्म पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close