
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लोक दोहोरी प्रतियोगितालाई समावेश गर्ने बारे छलफल भइरहेको बताएका छन् ।

पोखरा २३ बाम्दीस्थित तिज मेला तथा खेलकुद महोत्सव कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सहनशिल आमा समुह र युनाइटेड क्लवले शंयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राखेप सदस्य गुरुङले खेलकुद र संस्कृती एक अर्काका प्रायय रहेको बताउँदै उनले लोक दोहोरीलाई राष्ट्रिय प्रतियोगितामा समावेश गर्न आफुले सक्दो प्रयास गर्ने बताए ।
राखेप सदस्य गुरुङले शुक्रबार देखि जारी महिला तथा पुरुष भलिबलका खेलाडीहरु संग परिचय समेत गर्दै बाम्दी खेल मैदानको विकास संगै तिज कार्यक्रमलाई भव्य बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
जारी भलिबल वडास्तरिय प्रतियोगितामा पुरुषतर्फ १० टिम र महिला खुलातर्फ ६ टिम गरी १६ टिमको सहभागिता रहेको छ ।
