स्याङजा भलिबल संघको अध्यक्षमा खड्का

पोखरा स्पोर्टस । स्याङजा जिल्ला भलिबल सघको अध्यक्षमा बिरेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन तालिका अनुसार स्याङजामा शुक्रबार सम्पन्न अधिवेशनले खड्कालाई अध्यक्षका लागि निर्विरोध निर्वाचित गरेको हो । खेलकुद विकास ऐन २०७७ अनुुसार भएको अधिवेशनमा दिपेन्द्र खाँड र जनक श्रेष्ठ, महासचिवमा राजेन्द्र शर्मा र कोषाध्यक्षमा अमृत केसी निर्वाचित भएको केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश निर्वाचन समितिका संयोजक याम बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यसै गरी कार्यसमितिको सदस्य पदमा सुरज खाँड, भिम बहादुर राना, खिम बहादुर जिशी, नविन थापा, रितेश सुनार, गंगा गुरुङ र पवि गुरुङ निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । प्रदेश प्रतिनिधीमा रमेश केसी र केशभक्त गुरुङलाई चयन गरिएको छ ।

यस अघि अधिवेशनको उद्घाटन नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, क्षेत्रिय भलिबल संघका अध्यक्ष छ्याम बहादुर थापा, उपाध्यक्ष देवेन्द्र केसी, क्षेत्रिय भलिबल संघका नविन गुुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, स्याङजा जिल्ला खेलकुदका कार्यालय प्रमुख विशाल राजबाहक लगायतको सहभागिता रहेको थियो ।

उक्त अधिवेशन जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष शिव संसार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close