नेपाली यूवा एथलेटिक्स टिम बंगलादेश प्रस्थान

पोखरा स्पोर्टस । मित्रराष्ट्र बंगलादेशको ढाकामा यहि मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने ५ औं अन्तराष्ट्रीय आमन्त्रण बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ जना यू–१७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

पुरुष तर्फ पुष्प राज यादवले १०० मिटर, २०० मिटर दैडमा, ऋषि बहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खालीले २०० मिटर दौड र ट्रिपलजम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनेछन भने महिला तर्फबाट काथ्रिन बासुकलाले ८०० र १५०० मिटर दौड, ब्रिटिशा सिल्पकारले १०० र २०० मिटर दौडमा तथा सिमा श्रेष्ठले १०० मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने छन् ।

यसै गरि पुरुष ४ गुणा १०० मिटर रिले दौडमा पनि सहभागीता रहनेछ ।

प्रतियोगितामा भाग लिने टिमलाई एथलेटिक्स परिवार, नेपालका मानार्थ सदस्य मुकुन्दहरी श्रेष्ठ, बुद्धबीर लामा, सल्लाहकार सुशिल नरसिह राणा, बाबु कृष्ण महर्जन, अध्यक्ष राजन खत्री, उपाध्यक्ष रमेश शाक्य, सदस्य रामकृष्ण महर्जन, सरस्वती खड्का, स्वयम्भु राज डंगोल, राजु सिह, पुर्व खेलाडी रेशम कुमाल, पुष्पलाल श्रेष्ठ, रमेश जैशीलगायतले सफलताको शुभकामना सहित बिदाई गरेका थिए ।

उक्त टोलीको टोली नेतामा सिद्धान्त अधिकारी, अफिसियलमा सुषमा पाण्डे, बिना श्रेष्ठ र प्रशिक्षकमा आशाराम गोथे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close