गण्डकी प्रदेश भलिबल संघको साधारण सभा फागुनको पहिलो साता

पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको साधारण सभा फागुनको पहिलो साता हुने भएको छ ।

संघको मंगलबार पोखरामा सम्पन्न चौधौं नियमित बैठकले उक्त निर्णय गरेको हो । संघका अध्यक्ष नविन कुमार गुरुङले बैठकबार जानकारी दिदैं प्रदेश भलिबल संघको साधारण सभा फागुन ७ गते सोमबार प्रजातन्त्र दिवशको अवसरमा आयोजना गर्ने बताउँदै जिल्ला संघहरुको साधारण सभा यहि माघ मसान्त सम्म सम्पन्न गरी प्रतिवेदन बुझाउन समेत बैठकले निर्देशन दिएको छ ।

यसै गरी फागुन ७ गते हुने साधारण सभामा गण्डकी प्रदेशका महिला तथा पुरुष खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय समेत गरेको छ ।

त्यसै गरी संघलाई आर्थिक रुपमा बलियो बनाउन संघका अध्यक्ष नविन कुमार गुरुङको अध्यक्षतामा ७ सदस्यिय उपसमिति गठन गर्ने निर्णय गरेको छ । उप–समितिको सदस्यमा संघका महासचिब एवं अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापा मगर, कोषाध्यक्ष जिवन भण्डारी, पूर्ण बहादुर गुरुङ, राजेन्द्र जिशी, टुक बहादुर गुरुङ र प्रशिक्षक रमेश केसी रहेका छन् ।

फागुन ७ गते हुने साधारण सभालाई भब्यरुपमा सफल बनाउन र राष्ट्रिय खेल भलिबललाई प्रदेशमा अझै उचाईमा पुर्‍याउनका लागि सहयोग गर्न अध्यक्ष गुरुङले सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close