पोखरा वडा नं ७ मा वृहत दौड प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नं. ७ स्तरीय वृहत दौड प्रतियोगिता सम्पन्न भएको छ ।

पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल ,तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति विसी, समृद्धि श्रेष्ठ, सुशिला गुरुङ्ग र आशा विकले पुरस्कार प्राप्त गरे ।

खुल्ला पुरुषतर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितिय, कविराज बराल तृतिय र नारायण त्रिपाठी सन्तवना हुँदा खुल्ला महिला तर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी,सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।

५० वर्ष माथिको पुरुषतर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितिय, प्रेम बहादुर जिटी तृतिय र भक्त बहादुर गुरुङ्ग सान्तवना भए । सोहि विधाको महिला तर्फ गिता कुरारी पौडेल, अंम्विका बराल, निली गुरुङ र राम माया जिसी क्रमश प्रथम, द्वितिय,तृतीय र सान्त्वना स्थान हासिल गरे ।

यस अघि उक्त प्रतियोगिताको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रम पोखरा वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close