१६ औं एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पुरा

पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको छाता संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले १६ औं एनएनआइपिए अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

प्रत्येक वर्ष खेलाडीहरुलाई प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गर्न आयोजित उक्त अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको हो । संघका अध्यक्ष दिपक श्रेष्ठले विज्ञप्ती मार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिंदै सफल बनाउन सबै संग आग्रह गरेका छन् ।

१६ औं एनएनआइपिए अवार्ड कार्यक्रम गोदावरी नगरपालिका स्थित बज्र बाराही मन्दिर परिसरमा हुने जानकारी दिंदै अध्यक्ष श्रेष्ठले कोभिड-१९ को महामारीका कारण विगत केही वर्षदेखि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका तथा नेपाल ओलम्पिक कमिटीबाट आधिकारिक प्राप्त सम्बन्धित २७ संघहरुले सिफरिस गरेका खेलाडीहरुलाई सम्मान गरिने जनाएका छन् ।

NNIPA Sports Award 2078  कार्यक्रममा सम्मान हुने विधाहरु विधाहरु पुरस्कार
१) २७ खेल मध्येका उत्कृष्ट खेलाडी पुरस्कार अवार्ड रु. १००००
२) उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी सम्मान पत्र  सहित नगद  रु.१,०००००
३) एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी सम्मान सम्मान पत्र सहित नगद रु.५०,०००
४) एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान सम्मान पत्र  सहित नगद रु.५०,०००
५) एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान पत्र  सहित नगद रु. ३५,०००
६) एक खेल पत्रकारलाई एन. एन. आई. पी. ए. खेल पत्रकारीता पुरस्कार सम्मान पत्र सहित नगद रु २५,०००
७) एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान अवार्ड सहित नगद  रु. १०,०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close