आठौं राष्ट्रिय खेलकुद अन्तरगत गण्डकी र प्रदेश ३ को बक्सिङ्ग छनौट जारी

पोखरा, १४ फागुन ।
आठौं राष्ट्रिय खेलकुद अन्तरगत बक्सिङ्ग छनौटमा शान्त कुमार गुरुङ्ग हेभी वेट ९१ केजी तौलमा मंगलवार फाईनलमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशको छनोट खेलमा नवलपरासी जिल्लाका शान्त कुमार गुरुङ्गले बाग्लुङ्गका मुन्ना गुरुङ्गलाई स्पलिट डिसिजनको आधारमा पराजित गर्दै फाईनलमा स्थान बनाएका हुन ।

पोखरा रंगशालामा भईरहेको ३ नम्बर प्रदेश अन्र्तगत लाइट प्mलाई ४९ केजी तौलसमुहमा काठमाण्डौका मदन कृष्ण डंगोलले मकवानपुरका हिमाल सुनुवारलाई पराजित गरे भने सोही तौल समुहमा धादिङ्गका सुगत सिवाकोटीले सिन्धुलीका डेविड तामाङ्गलाई अंकको आधारमा पराजित गर्दै फाईनलमा भेट पक्का गरेका छन् ।

प्mलाई वैट ५२ केजी तौल समुहमा मकवानपुरका सुचित ध्वज कार्कीले भक्तपुरका प्रकाश कुमार विष्टलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । भने सोही तौल समुहमा ललितपुरका बुद्ध गेल्मो लामाले रामेछापका सुभाग तामाङ्गलाई पराजित गर्दै मकवानपुरका सुचित ध्वजसंग फाईनलमा घम्साघम्सी गर्ने पक्का गरेका छन् ।

त्यसै गरी वैन्टम वैट ५६ केजी तौल समुहमा भक्तपुरका सुजन पौडेलले मकवानपुरका सफल घिमिरेलाई दोस्रो राउण्डमा आरएससि को आधारमा पराजित गर्दै फाईनलको यात्रा तय गरेका छन् । उक्त छनौट खेलका बाकि सेमी फाइनल तथा महिला तर्फका फाईनल खेलहरु भोली सञ्चालन हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close