२३ औं आहा रारा पोखरा गोल्डकप : चरक मेमोरियलको साथ

पोखरा स्पोर्टस । २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई चरक मेमोरियल हस्पिटल प्रालि, पोखराले साथ दिएको छ ।

प्रतियोगिताको सव–कोस्पोन्सर रुपमा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पतालमध्ये एक हो ।

पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो फुटबल प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

१२ दिनसम्म चल्ने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close