ट्रमा सेन्टरले खेलाडीलाई उपचारमा सहुलियत प्रदान गर्ने सहमती

पोखरा स्पोर्टस । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौले खेलाडीलाई उपचारमा सहुलियत प्रदान गर्ने भएको छ ।

खेलाडीलाई सहुलियत प्रदान गर्ने विषयमा आज ट्रमा सेन्टर, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल खेलकुद महासंघ (नेकोस) विच सहमती भएको हो । सो बारे जानकारी दिंदै राखेपका सदस्य तथा नेकोसका उपाध्यक्ष सुभाष श्रेष्ठले भने–“आज हामी बिच मौखिक सहमी भएको छ यसलाई हामी छिट्टै पूर्णता दिंदैछौ ।” यो सहमती पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुले ट्रमा सेन्टरबाट सहुलियत रुपमा लाभान्वित हुन सक्ने भएको उनले बताए ।

खेलाडीलाई सहुलियत रुपमा उपचार शुक्रबार ट्रमा सेन्टरका कार्यवाहक प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष पौडेल, राखेपका सदस्य सचिब रमेश कुमार सिलवाल, नेकोसका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत विच छलफल भएको राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले यसका लागि छिट्टै लिखित रुपमा सम्झौता समेत हुने भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close