१३ औं साग अनियमितता छानविन उपसमितीको वैठक सम्पन्न

पोखरा । नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) ब्याडमिन्टन खेल सामाग्री खरिद वितरणमा अनियमितता तथा अनियमित रुख कटान सम्बन्धि छानबिन उपसमितिको वैठक सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको उपसमितीले छानविन गर्न कार्यदेश बमोजिम छानविनका लागि सदस्यहरुलाई जिम्मेवार वाँडफाँड गरेको छ । साथै उपसमितीलाई सहजरुपमा अघि बढाउन कार्यविधी समेत निर्माण गरेको उपसमितीका संयोजक एवम राखेप सदस्य गोविन्द प्रसाद भट्टराईले बताए ।

“हामीले छानविनलाई निस्कर्षमा पुर्याउन केही कार्यविधी तय गरेका छौं” संयोजक भट्टराईले भने–“छानविनका लागि भेटघाट र धेरै जना संग सोधपुछ गर्नु पर्छ ।” यसबारे कुनै जानकारी दिन चाहेमा भदौ १२ गते सम्म आफ्ना सुझाव सहित निवेदन दिन पनि उनले सवैलाई आग्रह समेत गरेका छन ।

सागमा व्याडमिन्टनको सामाग्री खरिदमा व्यापक अनियमितता भएको वाहिरिएपछि राखेपले वोर्ड सदस्य गोविन्द प्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यिय छानविन समिती गठन गरेको थियो । समितीमा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, कानुन शाखा प्रमुख नारायण राज अर्याल, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र राई, अन्तर्राष्ट्रिय पौडी पोखरी परिषद सातदोवाटोका लेखा प्रमुख पासाङ शेर्पा रहेका छन ।

१३ औं सागमा व्याडमिन्टनको सामाग्री मध्ये म्याट, जुत्ता लगाएत खेल सामाग्री खरिदमा अनियमितता भएको वाहिरिएको थियो । यसमा संलग्न भनिएका व्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले संघबाट राजिनामा दिइसकेका छन । साग अन्तरगत व्याडमिन्टन खेल पोखरामा भएको थियो ।

राखेपले उपसमितीलाई २१ दिन भित्र प्रतिवेदन वुझाउन समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close