पोखरामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा स्पोर्टस । कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी यहि असार १० र ११ गते पोखरामा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विद्यामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा पुरुष सिंगल्स, पुरुष डबल्स, महिला सिंगल्स र डबल्स गरी ४ विद्यामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष सिंगल्सतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी पुरुष डबल्सतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला सिंगल्सतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला डबल्समा प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

ब्याडमिन्टसंघले राखेपको सहकार्यमा आफ्नै लगानीसमेतमा अहिले पोखरा रंगशालमा अन्तर्राष्ट्रिय स्तरको कर्भड हलको निमार्णसमेत सम्पन्न गरेको छ । पोखरामा रहेको कर्भडहल नेपालकै उदाहरणीय रहेको पोखरेलले बताए । प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close