गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता असार ७ र ८ गते हुने

पोखरा स्पोर्टस । ‘गण्डकी प्रदेशस्तरीय तेस्रो महिला तथा पुरुष आर्चरी प्रतियोगिता’ यहि असार ७ र ८ गते पोखरामा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको व्यवस्थापनमा उक्त प्रतियोगिताको हुने भएको कास्की आर्चरीका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जनाएका छन् ।

प्रतियोगितामा रिकर्ब र स्टाण्डर्ड गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुने कास्की आर्चरीले जनाएको छ । प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की गरी ६ जिल्लाले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा रिकर्ब पुरुष सिंगल्स, रिकर्ब महिला सिंगल्स र स्टाण्डर्ड पुरुषतर्फको स्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ४० जना र महिलातर्फ २० जना गरी कुल ६० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा रिकर्ब पुरुष सिंगल्सतर्फ पहिलो दोस्रो र तेस्रो हुने नगद रु ३० हजार, २० हजार र १५ हजार, रिकर्ब महिला सिंगल्सतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश नगद रु २० हजार, १५ हजार र १० हजार  र स्टाण्डर्ड पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश  नगद रु २० हजार, १५ हजार र १० हजार प्राप्त गर्ने अध्यक्ष शेरचनले जानकारी दिए ।

नेपाल आर्चरी संघको समन्वयमा हुने उक्त प्रतियोगिताबाट कर्णालीको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौट गर्ने तयारी भइरहेको अध्यक्ष शेरचनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close