नेपाल ड्रागन बोट संघ गण्डकीको अध्यक्षमा सुबेदी, महासचिबमा पौडेल

पोखरा स्पोर्टस । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेशको सम्पन्न प्रथम अधिवेशनले १६ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

पोखरामा बिहिबार सम्पन्न संघको प्रथम साधारण सभा तथा अधिवेशनले अध्यक्षमा इन्जिनियर दिपक सुबेदी र महासचिबमा रबिन्द्रराज पौडेलसहितको कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सावित्री पाठक (पोखरेल) र नवराज अधिकारी निर्वाचित हुँदा महासचिवमा पौडेल, सचिबमा विवेक भुजेल सर्वसम्मत निर्वाचित भए ।

यसै गरी कार्यसमिति सदस्यमा प्रकाश थापा, दिनेश बराल, रविन ढकाल, चन्द्र प्रसाद गुरुङ, हेम बहादुर गुरुङ, बलराम गिरी, रामराज सुवेदी, नवराज अधिकारी, दुर्गा सुवेदी मिलनजंग कुंवर र विकाुस पहारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यस अघि साधारण सभा अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष एवं पोखरा महानगर पालिका मेयर धनराज आचार्यले ड्रागन बोट खेल ओलम्पिकमा समेत खेलिने र सबै देशहरुमा लोकप्रिय खेल रहेकोले नेपालमा समेत यसको प्रवर्द्धन र विकासका लागि सबैको ध्यान आवश्यक रहेको औंल्याए । नेपालमा ड्रागन बोट खेल प्रवेश पाए संगै अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको उल्लेख गर्दै मेयर आचार्यले पोखरामा आयोजना हुने दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पतिस्पर्धा सफल बनाउन जुट्न समेत आग्रह गरे ।

यस अघि मेयर आचार्यले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिंदै पोखरालाई ड्रागन खेलको माध्यमबाट विश्वमा स्थापित गर्न नवनिर्वाचित कमिटिले सफल हुने विश्वास व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा तदर्थ समितिका अध्यक्ष सुवेदीले वार्षिक योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले समेत नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्पन्न साधारणा सभाले संघको विधान सर्वसम्मत पारित समेत गरेको छ । नवनिर्वाचित कार्यसमितिको पदावधी चार वर्षका लागि हुनेछ । 

मित्रराष्ट्र चिनको परम्परामा आधारित ड्रागन बोट रेस गत वर्षबाट नेपालमा सुरूवात भएको हो । नेपालमा यो प्रतियोगिता हरेक वर्ष डिसेम्वर महिनाको अन्तिम दुई आयोजना हुने गरी क्यालेण्डर तय गरिएको छ । यो वर्ष हुने प्रतिस्पर्धामा नेपालसहित चिन र सिङ्गापुरका खेलाडीहरु समेत पोखरा आउने छन् । दिसेम्वरको २८ र २९ तारिख तय गरिएको प्रतियोगिताका लागि चिनियाँ प्राविधिक र खेलाडीसहित १५० जना सोझै चार्टर विमानद्वारा पोखरा आउने तय भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close