पिपिएल–२ : भूर्तेलको अर्धशतकिए पारिमा पोखरा पल्टनको विजयी सुरुवात

पोखरा, पोखरामा आज बाट सुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले काठमाडौ गोल्डेन्स वारियार्सलाई ९ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ रोजेको पोखरा पल्टनले काठमाडौ गोल्डेन्स वारियार्सलाई ८ बिकेटको क्षतीमा ११५ रनमा रोक्न सफल भयो । ११६ को लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा १ विकेटको क्षतीमा पुरा गर्दै फेरि दोश्रो पटक समेत च्याम्पियन बन्ने संकेत प्रस्तुत गरेको छ ।

रविइन्दरले सिंहले १५ औं ओभरको पहिलो बलमा वसन्त रेग्मीलाई छक्का हान्दै जित पक्का गरे । पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशलले ४.२ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए ।

पोखरा पल्टनलाई सजिले जित दिलाउन कुशल भुर्तेलको अर्धशतकिए पारि खेले । ओपनिङमा आएका भुर्तेलले ४३ बलमा ६५ रनको अविजित पारि खेले । उनले ४३ बलको सामना गर्दा ५ छक्का र ४ चौका समेत आफ्नो नाममा लेखाए । तेश्रो व्याट्स्मयानका रुपमा मैदानमा उत्रिएका रबी इन्दर सिंहले पोखराको क्रिजमा जम्दै ३२ बलमा ३८ रन बनाउँर्दै अविजित रहे भने आशिफ शेखले १४ रन बनाएर शुसन भारीको बलमा एलविडब्लु हुँदै पेभिलिएन फर्केका थिए ।

यता टस हारेर व्याटिङमा उत्रिएको काठमाडौ गोल्डेन्स वारियार्सको ब्याटिङलाइन अपले खासै चमत्कार देखाउन सकेन । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ वारियर्सका तिन जना खेलाडी बाहेक अन्यले दोहोरो अंकनै छुन सकेनन । भारतिय खेलाडी सुबोध भाटीले २९ बलमा ४ छक्का र ४ चौकाको मद्धतले ४५ रन जोडे । उनी आशिफको बलमा सर्वजित लड्डाको हात बाट क्याच आउट भए ।

यसै गरि गौरब तोमरले १३ रन बनाउँदा शुसन भारीले १० रन मात्रै जोडन सके । कप्तान ज्ञानेन्द्र मल्ल १, जय किशन ९, शुभाष खकुरेल ६, पवन सरार्फ ६ रन जोडे ।

काठमाडौ वारियार्सलाई ११५ रनमा रोक्न पोखरा पल्टनका लागि भारतिय बलर राशिद खान, ललित राजवंशी र कुशल मल्लले समान २–२ विकेट हात पारे भने प्रथमेश डाके र सर्वजित लड्डाले समान १–१ विकेट हात पारे ।

उद्घाटन मन्तव्यमा यसो भने मूख्य मन्त्री गुरुङले
दोश्रो संस्करणको उद्घाटन मन्तव्यमा गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा प्रिमियर लिगले पोखरालाई चिनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले खेलकुदलाई ब्यवसायीकरण नभए सम्म खेलकूदको बिकास सम्भव नहुने धारण राख्दै त्यसको उदाहरण भारतले सुरुवात गरेको बताए ।

मूख्य मन्त्री गुरुङले खेलकुदको बिकासका लागि विभिन्न खेलकुद पूर्वाधार आवश्यक रहेको कुरा औल्याउँदै पोखरालाई खेलकुद, शिक्षा, स्वास्थ र पर्यटन संगै खेलकुदको केन्द्रको रुपमा बिकास गर्न प्रदेश सरकार लागि परेको कुरा राखे ।

हालै साग भब्यता पूर्वक सम्पन्न भएको बताउँदै मूख्य मन्त्री गुरुङले पोखरा रंगशालामा अन्य पूर्वाधार बिकास गर्न संघिय सरकार, प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगरपालिकाले शंयूक्त रुपमा अगाडी बढ्नु पर्ने उल्लेख गरे । पोखरा रंगशालालाई स्पोर्टस भिलेजको रुपमा बिकास गर्ने बातावरण वनिरहेको र त्यसका लागि पिपिएलले थप प्रोत्सहान दिएको बताए ।

दिपक कोइराला (सांसद तथा अर्थ बिकास समिती सभापती, गण्डकी प्रदेश)

पोखरा पर्यटकिय शहर मात्रै नभई खेलकुदको शहर पनि हो भन्ने कुरा सागको सफल आयोजनाले पुष्टी गरेको बताउँदै अब पोखराले सागका सबै खेलहरु आयोजन ागर्न सक्छ भन्ने पुष्टी गरेको बताए । लामो समय देखि पोखरालाई खेलकुद शहरको रुपमा बिकास गर्नु पर्छ भन्ने आवाज उठ्दै आएको बताउँदै उनले पिपिएललेको भब्य आयोजनाले पनि यसलाई थप पुष्टी गरको धारणा राखे ।

रमेश कुमार सिलवाल (सदस्य सचिब, राष्ट्रिय खेलकुद परिषद)
उद्घाटन कार्यक्रममा बोल्दै राखेप सदस्य सचिब रमेश कुमार सिलवालले पोखरा रंगशालाको क्रिकेट खेल मैदानलाई छ्ट्टिैनै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा परिणत गर्ने बताए । ‘हामीले यसका लागि दुई–दुई वटा डिपिआर तयार गरिसकेका छौं’ उनले भने–‘२ देखि ३ वर्षमा २० हजार दर्शक क्षमताको रंगशाला तयार हुनेछ र यो भेन्यू अन्तर्राष्ट्रिय स्तरको मूख्य भेन्यूको रुपमा स्थापित हुनेछ ।’ सबै मिलेर पोखरालाई मात्रै नभई सिङ्गो गण्डकी प्रदेशलाई खेलकुद प्रदेशको रुपमा बिकास गर्ने तयारी स्वरुप छलफलहरु सुुरु भइसकेको उनले खुलासा समेत गरे ।

कार्यक्रममा पिपिएल आयोजक संस्थाका क्वीन्स ईभेन्ट मेनेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बीलामाले सबैलाई दोश्रो संस्करणको पिपिएिल सफलपार्न आह्वान गरे ।

सोमबार दुई खेल, को को भिड्दै ?
पिपिएल–२ मा सोमबार दुई खेल विराटनगर र धनगढी, काठमाडौ र बुटवल भिडदै छन । पोखरा प्रिमिएर लिग (पिपिएल) अन्तरगत सोमबार पूर्वान्ह ९ बजे सुरु हुने खेलमा विराटनगर टाइटान्स र धनगढी व्लुज तथा मध्यान्ह पछिको दोश्रो खेलमा काठमाडौ गोलडेन्स वारियर्सले सोमपाल कामीले नेतृत्व गरेको टिम बुटबल ब्लाष्टरको सामाना गर्नेछ ।
तस्बिरः शुदर्सन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close