कास्की आर्चरीको अध्यक्षमा बसन्त गौचन र अन्नपूर्ण आर्चरीमा दिपक तुलाचन

पोखरा स्पोर्टस । कास्की जिल्ला आर्चरी संघको अध्यक्षमा बसन्त गौचन ‘साकुरा’ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न कास्की जिल्ला आर्चरी संघको छैटौं अधिवेशनले अध्यक्षमा बसन्त गौचनसहित ११ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको कार्यसमितिको उपाध्यक्षमा गोविन्द ज्वारचन, कोषाध्यक्षमा सुविन्द्र गौचन, सचिवमा मोनिका राना मगर, सहसचिवमा सञ्जिवमान तुलाचन सर्वसम्मत निर्वाचित भएको संघका निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यस्तै कास्की आर्चरीको कार्यसमिति सदस्यमा करुण बराल, बबी गौचन, अर्जुन ज्वारचन, रशमाया तामाङ, हिम कुमार राना र गोविन्द छन्त्याल सर्वसम्मत निर्वाचित भए ।

यस्तै अन्नपूर्ण आर्चरी क्लबको सातौं अधिवेशनमा दिपक तुलाचन अध्यक्षमा निर्विरोध चयन हुँदा उपाध्यक्षमा सञ्जिवमान तुलाचन, सचिवमा दलमान छन्त्याल, कोषाध्यक्षमा पूर्ण लालचन, सहसचिवमा मिम छन्त्याल निर्वाचित भए ।

त्यसै गरी अन्नपूर्ण आर्चरी क्लबको कार्यसमिति सदस्यमा महेन्द्र ताङबे, खम्ब गुरुङ, ओम प्रसाद गुरुङ, बिकल थकाली, नितामाया केसी, सुजन थकाली र टिक पुन निर्वाचित भए ।

यस अघि दुबै संस्थाको अधिवेशनको उद्घाटन कास्की आर्चरी संघ र अन्नपूर्ण आर्चरी क्लबका संस्थापक हरिध्वज तुलाचनले गरे । उनले सो अवसरमा नेपाली आर्चरी खेलमा राज्यको लगानी नहुँदा केही पछि परेको बताए ।

संघका निवर्तमान अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको अधिवेशनको अवसरमा संघका संस्थापक कोषाध्यक्ष इश्वरीलाल हिराचनलाई सम्मान गरिएको थियो । उनलाई प्रमुख अतिथी तुलाचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, नेपाल आर्चरी संघकी केन्द्रिय सदस्य तिल कुमारी थापाले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका थिए ।

नेपालको आर्चरी संघको इतिहासमा कास्की आर्चरी संघ पहिलो जिल्ला संघ हो । कास्की आर्चरी २०६० सालमा गठन भएको हो । अन्न्पूर्ण आर्चरी क्लब समेत नेपालकै पहिलो क्लब हो । सो क्लब २०६१ सालमा गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close