भारोत्तोलनकी सञ्जुलाई दिइयो अन्तिम श्रद्धान्जली

पोखरा स्पोर्टस । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व.सञ्जु चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको हो । उनको गएराती मृत्यु भएको थियो । स्व.चौधरीको सवमा साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे । यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे ।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको शवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

बर्दिया निवासी स्व.चौधरीको सव आजै घरतर्फ तर्फ लगिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close