
पोखरा स्पोर्टस । पर्वत फलेबास २ थापाठानाका अनिस अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी जितेका छन ।
डिफेन्डिङ च्याम्पियन समेत रहेका भारतिय सेनाका अनिसले निर्धारित २० किमि दुरी १ घण्टा ४ मिनेट ३६ सेकेण्डमा पार गर्दै प्रतियोगिताको उपाधी हात पारेका हुन । अनिसले उपाधि संगै नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । अनिस नवौं राष्ट्रिय खेलकुद म्याराथनका स्वर्ण पदक विजेता समेत हुन्
प्रतियोगितामा नेपाल आर्मीका खेवराज बस्नेतले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५६ सेकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बस्नेतले दोश्रो स्थान सहित नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा आर्मीकै सुबास कार्कीले निर्धारित दुरी १ घण्टा ८ मिनेट १३ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरे । कार्कीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी २१ वर्ष मुनिको १० किलो मिटर पुरुष दौड प्रतियोगिताको उपाधी सिरानचोक २ हर्मी गोर्खाका सन्दिप ढकालले हात पारे । निर्धारित दुरी ४३ मिनेट ३० सेकेण्डमा पार गर्दै ढकालले उपाधी हात पारेका हुन । उपाधी संगै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी गोर्खाकै दिनेश बोगटीले निर्धारित दुरी ४४ मिनेट २० सकेण्डमा पार गर्दै दोश्रो स्थान हासिल गरे । बोगटीले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगरले निर्धारित दुरी ४६ मिनेट ५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हांसिल गरे । तेश्रो स्थान सहित रोका मगरले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १० उत्कृष्ट भित्र आउनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने । १० किलो मिटर दौड पार गर्ने दुईजना महिला धाविकालाई विशेष सम्मान गरिएको थियो ।
प्रतियोगिताका बिजेताहरुलाई अन्तर्राष्ट्रिय चर्चित अल्ट्रा धाविका मीरा राई, पुतलीबजार नगरपालिकाका उप प्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जित बहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङका अध्यक्ष प्रेम थापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुम कुमारी गुरुङ लगायतले बिजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा वोल्दै अन्तराष्ट्रिय अल्ट्रा धवाक मीरा राइले युवाहरुलाई खेलकुदमा सहभागी गराउनका लागी क्रसकन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भुमिका खेल्ने वताइन । गाउँठाउलाई चिनाउन सवैभन्दा उत्तम खेलकुद कार्यक्रम भनेकै दौड प्रतियोगिता हुने वताउदै राइले गाउँलाई चिनाउनका लागी विभिन्न देशमा छरिएर रहेको सातसय कोल्मा बासीको योगदान रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरिन ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज यु.केको मुख्य प्रायोजन र स्याङजा समाज युकेको सह प्रायोजनमा सम्पन्न भएको थियो ।
