पलेशा र सिर्जनाले एसियन पारा गेम्समा खेल्ने निश्चित

पोखरा स्पोर्टस । सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४-५७ केजीमुनी) र सिर्जना घिसिङ्गले (के ४४-५२ केजीमुनी) खेल्ने निश्चित गरेको छ ।

विश्व तेक्वान्दो महासंघको मिति २०२२/०४/०७ गतेको पत्र अनुसार पलेशा गोवर्धन विश्वको ९ औं रेङ्किङ्ग र सिर्जना घिसिङ्गले विश्वको १० औं रेङ्किङ्ग बरियतामा रहेकोले वाइल्ड कार्ड मार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्समा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सिर्जना घिसिङ्गले एशियन युथ गेम्स र डब्लु टी प्रसिडेन्ट कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । प्रशिक्षक लामाका अनुसार हांग्जाउ २०२२ एसियन पारा गेम्सबाट नेपालले पदक ल्याउने ठुलो आशा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close