
पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा यहि अगस्त २४ बाट शुरु हुने पाराल्म्पिकका लागि व्याडमिन्टन खेलको अम्पायरका रुपमा जान लागेका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याललाई विदाई गरिएको छ ।
काठमाडौ स्थित अपी स्पोर्टस म्यानेजमेन्ट कम्पनीले शनिवार एक विदाई कार्यक्रमको आयोजना गरेको हो । व्याडमिन्टन खेलको वरिष्ठ अम्पायर समेत रहेका अर्यालले पाराल्म्पिक अन्तर्गत सेप्टेम्वर १–५ सम्म हुने व्याडमिन्टन प्रतिष्पर्धामा लाइन जजको भूमिका निर्वाह गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल व्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले बताए ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपी स्पोर्टसका कमलेश निरौला, राष्ट्रिय अम्पायरहरु राजु श्रेष्ठ, मन्दिरा न्यौपाने, निरन्जन रिमाल, केदार धिमाल, अजित भाट लगायतले वरिष्ठ अम्पायर अर्याललाई शुभकामना सहित विदाई गरेका थिए ।
