राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । राष्ट्रिय स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल स्क्वास तथा  र्‍याकेट्स संघ (एनएसआरए)को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको हो । प्रतियोगिता साउन २१ देखि २७ गतेसम्म हुने भएको हो ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको संघले जनाएको छ । प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो ।

स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको स्मृतीमा प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिताका लागि प्रायोजक संस्थाले नगद दुई लाखको पुरस्कारको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close