सहारा क्लब हङकङ सल्लाहकार गुरुङद्वारा सहारा एकेडेमीमा सहयोग

पोखरा स्पोर्टस । सहारा क्लब हङकङका सल्लाहकार इन्द्र गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई ४५ हजार नगद सहयोग गरेकी छन् ।

पोखराको बुद्धचोक घर भइ हाल हङकङमा इमेज हेयर सैलुन संचालन गर्दै आएकी उनले ग्राहकबाट प्रदान गरिएको रकम एकेडेमीलाई सहयोग गरेकी हुन् । एकेडेमीमा आफूले सहयोग गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्तै सहयोग गदै जाने उनले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारी, कोषाध्यक्ष नवारज अधिकारी, सदस्य अतित गुरुङ, बुद्धचोक निवासी मोनिका गुरुङ लगायतको उपस्थिति थियो ।

फुटबलमार्फत सामाजिक सेवामा लामो समयदेखि क्रियाशील सहारा क्लब पोखराले पोखरा १७, दोबिल्लामा एकेडेमी संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close