किङ्स कप पुरुष भलिबलमा गण्डकीको बिजयी सुरुवात

पोखरा स्पोर्टस । दोश्रो किङस कप पुरुष भलिबल प्रतियोगिता २०८० मा गण्डकी प्रदेश भलिबल टिमले बिजयी सुरुवात गरेको छ ।

गण्डकीले उद्घाटन खेलमा आयोजक किङस भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । काठमाण्डौमा सुरु भएको प्रतियोगितामा गण्डकीले आयोजक विरुद्ध २५–१७, २५–१६ र २५–२३ ले जित्दै आफ्नो बिजयी यात्र सुरु गरेको छ । दुई सेटमा किङ्स क्लबलाई दवावमा राखेको गण्डकीले तेश्रो सेटमा किङ्स खेलमा हावी हुने प्रयास गरे पनि असफल हुन पुग्यो । किङ्सले १५–१० को खेलमा लिड गरे पनि गण्डकी कमव्याक गर्दै तेश्रो सेटमा आफ्नो बिजयी यात्रा कायम गर्न सफल भयो ।

किङ्स क्लव काठमाण्डौको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता २७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।

गत वर्ष सम्पन्न पहिलो सस्करणमा गण्डकी एपिएफ संग पराजित हुँदै उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close