मुख्य मन्त्रि गुरुङले २५ हजारमा किने आफूले खेल्दै गरेको फोटो

पोखरा, गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी शुव्वा गुरुङले आफूले क्रिकेट व्याटिङ गर्दै गरेको फोटो २५ हजारमा किनेका छन ।

गण्डकी प्रदेशका फोटो पत्रकारहरुले पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदेशको ११ जिल्ला झल्कने गरि फोटो प्रदर्शनी गरेको मध्ये मुख्य मन्त्रि गुरुङले व्याटिङ गर्दै गरेको फोटो समत समेटिएको थियो । उक्त फोटो पोखराका अग्रज फोटो पत्रकार शुदर्सन रंजितले खिचेका थिए । उनी खेल फोटो पत्रकारका रुपमा परिचित छन ।

हालै पोखरामा सम्पन्न पोखरा प्रिमिएर लिग (पीपीएल) टि टवान्टी क्रिकेट उद्घाटनका अवसरमा मुख्य मन्त्रि गुरुङले व्याटिङ गरेका थिए । मुख्य मन्त्रि गुरुङ खेलप्रेमी मुख्य मन्त्रिको रुपमा परिचित छन ।

मुख्य मन्त्रि किनेको उक्त फोटोको सम्पूर्ण रकम फोटो पत्रकार रंजितले गण्डकी फोटो पत्रकार संघलाई सहयोग स्वरुप प्रदान गर्ने घोषणा गरेका छन ।

नेपाल भ्रमण वर्ष २०२० स्वागत तथा उद्घाटन कार्यक्रम संगै गण्डकी प्रदेशको सहयोगमा ११ जिल्लाका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने लक्ष्यका साथ फोटो प्रदर्शनमा राखिएको छ ।

पोखरामा रहेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेल, राम गुरुङ, कृष्णमणि बराल, उमेश पुन, प्रदिप पौडेल लगायत , सुदर्श रन्जित, अशेस साक्य, नारायण आचार्य, इन्द्र पौडेल लगायत तथा सुनिल उलकले खिचेका पोखराका पुराना फोटो तथा विदेशीले खिचेका विभिन्न ७५ फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

पोखरा ६ लेकसाइड स्थित बाराही चोक नजिकै राखिएको उक्त फोटो प्रदर्शनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साथै उक्त फोटो प्रदर्शनीको अवलोकन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश सभासदस्य दिपक कोइराला लगायतले समेत अवलोकन गरेक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close