
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)को संसोधित विधान पारित भएको छ ।
एनओसीद्वारा मंगलबार बिहान सम्पन्न विशेष अधिवेशनले विधान संसोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको हो । कूल २७ मत मध्ये २० मत संसोधनको पक्षमा ५ मत विपक्षमा र १ मत अनुपस्थित १ तटस्थ रहेको सहभागि एनओसीका उपाध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिए ।
विधान संसोधनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले मान्यता दिए संगै एनओसीले विशेष साधारणसभा बोलाएको थियो । विधान संसोधन संगै एनओसीको दुई कार्यकाल ४ वर्षका लागि बढेको छ भने ७० वर्षे उमेरको हद बढाउँदै ७५ वर्ष पुर्याएको छ । ओलम्पिक अभियानलाई सातै प्रदेशमा विस्तारित गर्न हरेक प्रदेशमा एक जना उपाध्यक्ष रहने अवधारणालाई समेत् संसोधित विधानमा थप गरिएको छ । यस अघि पाँच जना उपाध्यक्ष रहने व्यवस्था थियो ।
विधान ससोधनका लागि दुइ तिहाई आवश्यक रहेकोमा संख्या भन्दा बढिले समर्थन जनाएका छन् । तर विधान संसोधनका लागि आफ्नो हस्ताक्षरसहित आइओसीमा पत्र पठाउने महासचिव निलेन्द्रराज श्रेष्ठ भने अन्तिम समयमा आएर विपक्षमा उभिएका छन् । महासचिब श्रेष्ठले अक्ष्यक्षमा दावेदारी पेश गरेका छन् ।
त्यसै गरी संसोधित विधानको विपक्षीमा उभिएकाहरुमा जिम्नास्टिकका अध्यक्ष ध्रुव बहादुर प्रधान, हक्की संघका प्रतिनिधि उमेश प्रधान, एन्फाका प्रतिनिधि दिर्घ केसी र फ़ेन्सिंग का सुनिल श्रेष्ठ विपक्षीमा उभिएका थिए । त्यसै गरी मनोरञ्जन शर्मा तटस्थ बसे ।
तर यता उच्च अदालत पाटनले आज हुने भनिएको साधारणा सभा नर्गनु/नगराउनु भन्दै अन्तरीम आदेश जारी गरेको थियो । तर हिजो अदालतको निर्णय आउन ढिलाई भएको र सो बारे एनओसीमा कुनै औपचारिक पत्र नआएको भन्दै साधारण सभा पूर्व निर्धारित समयमा नै सम्पन्न गरिएको छ भने आइओसीलाई पनि आजै पत्रचार गर्ने भनिएको छ ।
