स्वास्थ्य मापदण्ड अपनाउँदै अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइने

पोखरा स्पोर्टस । कोभिड १९ का कारण यो वर्ष स्वास्थ्य मापदण्ड अपनाउँदै अन्तर्राष्ट्रिय वक्सिङ दिवस मनाइने भएको छ ।

यहि अगस्त २७ तारिख भदौ ११ गते मनाइने अन्तर्राष्ट्रिय बक्सिङ दिवस स्वास्थ्यका मापदण्ड अपनाउँदै मनाइने नेपाल बक्सिङ संघले जनाएको छ । संघले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै भनेको छ–“संघ आवद्ध सम्पुर्ण जिल्ला संघ, खेलाडीहरु, प्रशिक्षकहरुलाई स्थानियवातावरण, ठाउँको अनुकुलतालाई हेरी नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार मान्न र मनाउन अनुरोध गरिन्छ ।”

बक्सिङ्गको सर्वोच्च निकाय अन्तराष्ट्रिय बक्सिङ्ग संघ (आईबा) ले १९७४ माक्यूवाको हवानामा भएको प्रथम आईबा वर्ल्ड च्याम्पियनशिपको मितिलाई आधार मानेर अगस्त २७ मा अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाउँदै आएको छ । संघका प्रवक्ता श्यामकाजी अवालेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“संघ मातहतका खेलाडी, प्रशिक्षकहरु, संघहरुले आ–आफ्नै तरिकाले सञ्चालन गरी बक्सिङ्ग खेलको विकास र प्रवर्द्धन एवं बक्सिङ्ग खेललाई हरेक शहर, गाँउ, समुदाय र टोल टोलमा पुर्‍याउने उद्देश्यले बक्सिङ्ग डे मनाउन अनुरोध गर्दछौं ।”

उक्त अन्तर्राष्ट्रिय बक्सिङ्ग डे मनाउनका लागि सबै खेलाडी, प्रशिक्षक एवं संघका पदाधिकारीहरुले यो साता भरी कुनै दिन २० देखि ४० सेकेण्ड सम्मको सेडो बक्सिङ्ग (Shadow Boxing)को भिडियो खिचेर उक्त भिडियो सकिन लाग्दा क्यामेराको नजिक आएर आफ्नो अनुहार प्रष्ट देखाई We are face of Boxing भनेर @aiba_official मा ट्याग गरी पठाई विश्व व्यापी Shadow Boxing Event मा सहभागि हुन समेत अनुरोध गरिएको छ । उत्कृष्ट बक्सिङ्ग भिडियोलाई २० जोर बक्सिङ्ग ग्लोभ्स उपहार स्वरुप प्रदान समेत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close