दोश्रो पोखरा महानगर स्तरिय स्क्वासको प्रतियोगितामा दिपक च्याम्पियन

पोखरा स्पोर्टस । दोश्रो पोखरा महानगरस्तरिय स्क्वासको प्रतियोगिताको उपाधि दिपक बहादुर गोदार च्याम्पियन भएका छन् ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास र्‍याकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा शनिबार सँपन्न प्रतियोगिताको खुल्ला तर्फ दिपक च्याम्पियन भएका हुन् । उनले जित संगै नगद रु १० हजार प्राप्त गर्न सफल भएका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका दिपकले फाइनलमा प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गरेका थिए । उपविजेता प्रयागले मेडल र प्रमाणसहित नगद ५ हजार हात पारे ।

खुल्ला तर्फ नै जिवन श्रेष्ठ र सुजन आचार्य तेश्रो स्थान प्राप्त गर्दै नगद ३/३ हजार का साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विश्व बिजुक्छेले जानकारी दिए ।

त्यस्तै भेट्रान्सतर्फ हिराकाजी श्रेष्ठ विजयी भए । उनले फाइनल स्पर्धामा रक्ष लामालाई पराजित गरे । लामा ले नगद रु ५ हजार र श्रेष्ठले नगद रु ३  हजार प्राप्त गरे ।

विगिनर्सतर्फ जेम्स शाक्य च्याम्पियन बन्दै नगद ३ हजार हात पार्दा उपबिजेता रहेका ब्रिजेश श्रेष्ठले नगद २ हजार प्राप्त गरे । त्यस्तै पियुष जैन र मनोरम बज्रचार्य तेश्रो भए । उनीहरुले मेडल तथा प्रमाणपत्रका साथमा जनही नगद रु १/१ हजार पाएको सचिब प्रबीन पालिखेले बताए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, महानगर खेलकुदका सदस्य सचिव सुवास खड्कालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पोखरा रंगशालास्थित एसआरए हलमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २४ जना भन्दा बढि खेलाडी सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close