राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा सुजन प्रिक्वाटरफाइनलमा

पोखरा ३ चेत्र । काठमाडौंका सुजन ज्वारचन प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुजनले काठमाडौंका विनयसिंह ठकुरीलाई ४–० ले पराजित गरे ।

यस्तै काभ्रेका निर्माण बोगटीले कास्कीका नवीन राणालाई ४–२, काठमाडौंका सञ्जय व्यञ्जनकारले काठमाडौंका सुरेश डंगोललाई ४–३, भक्तपुरका प्रवीण शाक्यले नुवाकोटका सन्तोष पुटुवारलाई ४–३ तथा काठमाडौंका उदिप शाक्यले काठमाडौंका विनोद श्रेष्ठलाई ४–० को फ्रेममा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close