
पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले आफुले कोही कसै संग रकम लिएको भए प्रमाणित गरेर देखाउन चुनौती दिएका छन । संघिय संसदमा आर्थिक वर्ष २०७७/०७८ का युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको बजेट विनियोजनका बारेमा जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन ।
केही दिन अघि एक सांसदले ‘एन्फाले नि मन्त्रीज्युलाई खुवै माया गर्दोरहेछ उहाँलाई १७ करोड दिएको रहेछ’ भन्ने भनाई प्रती संसदमा जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सांसदलाई आफ्नो भनाई पुष्टी गर्न समेत मन्त्री विश्वकर्माले चुनौती दिएका छन । “यसो भनेर माननियज्युले के भन्न खोज्न भएको हो?” उनले भने–“उहाँले यो कुरा स्पष्ट गर्नुपर्यो, म सम्माननिय सभामुख मार्फत अनुरोध गर्न चाहन्छु, सांसदज्युले जुन शव्दमा बोल्नु भएको छ भनेको त्यही हो भने यो विषय गम्भिर विषय हो, यसले मलाई धेरै दुखित तुल्याएको छ ।”
सांसदले आफुले बोलेको कुरा प्रमाणित गरेर देखाउन चुनौती दिंदै मन्त्री विश्वकर्माले भने–“मैले अहिले सम्म कोही कसै संग पैसा लिएको छैन ।” सके राम्रो गर्ने र आफु मिडियामा आए कुनै प्रचारवाजी समेत नर्गने, आफ्नो निष्ठा र सम्मान बाल्यकाल देखि नै रहेको बताउँदै मन्त्री विश्वकर्माले यस्तो आरोप सुन्नु पर्दा निकै दुःख लागेको बताए । उनले भने–“सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तीको सार्वजनिक जिवनी मात्रै हुँदैन निजी जिवन पनि हुन्छ, सार्वजनिक जिवनमा रहेकै आधारमा मानिसको इज्जत, प्रतिष्ठा र वर्षौ देखिको मेहनतलाई विना आधारमा धमिल्याउन पाइँदैन ।” सांसदले बोलेको उक्त कुरा रेकर्ड बाट समेत हटाउन र क्षमा माग्न सभामुख समक्ष माग समेत उनले गरेका छन ।
कोरोनाबाट प्रभावित बनेको युवा तथा खेलकुद मन्त्रालयको बजेट यस वर्ष न्युन भएता पनि चालु पुर्वाधार निर्माणका कार्यहरुलाई भने निरन्तरता दिएको मन्त्री विश्वकर्माले बताए । उनले पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदको तयारी संगै कर्णाली प्रदेश र प्रदेश नं २ को खेलकुद पुर्वाधार विकासमा मन्त्रालयले विशेष ध्यान दिएको उल्लेख गरे । यो वर्ष पुर्वाधार विकासमा १८ करोड ९८ लाख मात्रै विनियोजन भएको बताउँदै नवौ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशका ११ जिल्लाको पुर्वाधार विकासमा खर्च केन्द्रित गरिएको उनले बताए ।
