गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीलाई (यसरि नाचे मुख्यमन्त्रि गुरुङ र सदस्य सचिब सिलवाल)

पोखरा, २७ असार । गण्डकी प्रदेशस्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । यस अघि तिन पटक सम्म शिल्डमाथी कब्जा जमाई सकेको कास्कीले विसं. २०६५ बाट लगातार ११ औं पटक उपाधि जितेर उपाधि माथिको दवदवा कायमै राख्न सफल भएको छ ।

यही असार २६ गतेबाट शुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा कास्कीले १९ स्वर्ण, १३ रजत र १० कास्य सहित ४२ पदक जितेर उपाधि चुमेको हो ।

एथलेटिक्समा १२ स्वर्ण, कराँतेमा २, उसुमा २ र तेक्वान्दो, कवड्डी र भलिबलमा एक÷एक स्वर्ण कास्कीले जितेको हो ।

त्यसैगरि बाग्लुङले ६ स्वर्ण ४ रजत र २ कास्य गरी १२ पदक जितेर दोस्रो बन्न सफल भयो भने नवलपुरले ५ स्वर्ण, ६ रजत र ३ कास्य सहित तेस्रो स्थानमा रहन सफल भएको छ ।

प्रतियोगितामा प्रथमले शिल्ड सहित नगद रु. २० हजार, द्वितीयले रु १५ हजार र तृतीय हुने जिल्लाले रु १० हजार र मेडल प्राप्त गरे । प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा भएको थियो ।

विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

पदक विजेता खेलाडीलाई सम्मान
गण्डकी प्रदेश सरकारले वि.सं. २०७५ चैत २७ देखी २०७६ बैशाख ११ गतेसम्म प्रदेश नं ५ का विभिन्न स्थानहरुमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूदमा गण्डकीबाट प्रथम, द्वितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा आज सरकारको तर्फबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्(राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य राजेशकुमार गुरुङ लगायतले सम्मान गरेका हुन ।

राष्ट्रिय खेलकूदमा गण्डकीले प्रथम १८, द्वितीय २५ र तृतीय ५० गरी ९३ पदक जितेको थियो । व्यक्तिगत प्रतिष्पर्धामा प्रथमलाई रु. १० हजार, द्वितीय रु. ७ हजार र तृतीयलाई रु ५ हजार तथा समूह खेलबाट प्रथम, द्वितीय र तृतीयलाई ७ हजार, ५ हजार र ३ हजार नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै टिम प्रशिक्षकहरुलाई पनि प्रथम नगद ५ हजार, द्धितीय ३ हजार र तृतीयलाई २ हजार सहित सम्मान गरियो । त्यसतो सम्मान पाउने प्रशिक्षकमा १६ जना रहेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश सरकार खेलकूद मन्त्रालय र राखेपसँगको सहकार्यमा खेलकूदको विकासको लागि सदैव तत्पर रहेको बताएका छन । उनले गण्डकीलाई खेलकूदमा राम्रो प्रदेश बनाउन सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न आफू प्रतिवद्ध रहेको बताए ।

राखेपका सदस्य सचिव सिलवालले खेल पूर्वाधारको विकास गरेर पोखरालाई खेलकूद गतिविधिको अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गर्ने योजना रहेको बताए ।

प्रदेश सरकारले खेलाडी सम्मानका लागि खेलकूद विकास समितिलाई रु ११ लाख ७८ हजार ८०० उपलव्ध गराएको थियो ।

समापन कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीले गर्यो सम्मान
यसै विच मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले खेलकुदमा उल्लेखनिय योगदान दिए बापत गण्डकी प्रदेशका ३३ जना खेलकर्मी सहित २ जना पत्रकारलाई सम्मान गरेको छ । राखेप बोर्ड सदस्य तथा एकेडेमी गण्डकीका संयोजक राजेश गुरुङ सहित मुख्य मन्त्रि गुरुङ र सदस्य सचिब सिलवालले सम्मान गरेका थिए ।

Pokhara sports !!! रङसालामा पहिलो पटक येसरी नाछे मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र सद्स्य सचिब रमेश कुमार सिलवाल !!!

Posted by PokharaSports.com on Friday, July 12, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close