नागरिक उड्ययन द्वारा नेपाल हवाई खेलकुद संस्थालाई प्राधिकारिक संस्था अधिकार प्रत्यायोजन

केशब पाठक,
पोखरा, १३ चैत । नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखरामा एक कार्यक्रम आयोजना गरि नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकारिक संस्थाको रुपमा अधिकार प्रत्यायोजन गरि हस्तान्तरण गरेको छ । पोखराको २० वर्षको प्याराग्लाइडिङ इतिहासमा प्राधिकरणले निजी क्षेत्रलाई अधिकार प्रत्यायोजन गरेको हो ।

यस क्षेत्रको हवाई खेलकुदलाई शुरक्षित, ब्यबस्थित र मर्यादित बनाउन प्राधिकरणले ना लाई अधिकार प्रत्योजन गरेको हो । अधिकार प्रत्यायोजन पछि हवाई खेलकुदमा बढ्दै गएको दुर्घटनाहरु न्यूनीकरणका लागि ना ले अनुगमन, निरिक्षण र कार्वाहीका लागि समेत सिफारिश गर्न पाउने छ । यस अघि प्राधिकारणले यि सबै अधिकार आफै संग शुरक्षित राखेको थियो ।

प्राधिकारिका संस्था बने पछि ना ले ब्यबसायिक कम्पनीको इजाजत पत्र नविकरण, कार्वाही र खारेजी गर्नका लागि प्राधिकरणमा सिफारिश गर्न सक्नेछ भने गल्ती गर्ने ब्यबसायिक कम्पनीलाई तत्कालै उडान समेत रोक्का गर्न सक्नेछ ।

ब्यबसायिक (टेन्डम) उडानका पाइलट र सोलो पाइलटहरुको इजाजतपत्र वितरण, नविकरण र खारेजी सम्मको अधिकार ना ले पाएको छ । दैनिक ब्यबसायिक उडान भर्ने कम्पनीहरुको मुल्य सूचीमा समेत एकरुपता ल्याउने तथा तालिका बनाएर उडान गराउन ना ले अधिकार पाएको छ । विदेशी सोलो पाइलटहरुको उडान अनुमती प्रत्यायोजन गर्ने र प्याराग्लाइडिङ ट्रेनिङ स्कुलहरुमा अनुगमन र निरिक्षण गर्न सक्नेछ ।

प्राधिकारिक संस्था हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलले हवाई खेलकुदमा नागरिक शुरक्षाका लागि यो पहल शुरु गरेको बताए । उनले भने–‘प्राधिकरण हवाई खेलकुदका लागि विज्ञ हुँदै होइन, यस क्षेत्रमा जो कार्यरत छ त्यो संस्था नै विज्ञ भएकोले ना लाई यो अधिकार प्रत्यायोजन गरेका हौं ।’

अहिले हवाई खेलकुदमा धेरै शुरक्षाका कुरा उठीरहेको र शुरक्षा पहिलो प्राथमिकतामा समेत रहेकोले ना र प्राधिकरण यसमा हातेमाले गर्दै अगाडी वढ्ने बताउँदै उपमहानिर्देशक पोख्रेलले हवाई खेलकुदलाई शुरक्षित बनाउँदै नेपाललाई यसको प्रमुख गन्तव्य बनाउन सकेमा अर्थतन्त्र बिकासमा ठूलो भूमिका खेल्न सक्ने बताए ।

यता ना का उपाध्यक्ष कृष्ण भण्डारीले ना को लामो प्रयास र संघर्ष पछि प्राधिकारिक संस्थाको रुपमा अघि बढ्न पाउनु खुसीको क्षण भएको बताउँदै नेपालको पर्यटन क्षेत्रमा आय आर्जनको प्रमुख ब्यबसायको रुपमा मानिएको प्याराग्लाइडिङलाई ब्यबस्थित र मर्यादित बनाउन प्राधिकरणले खेलेको भूमिका प्रंशसनिय रहेको बताए । उनले श्रोत साधन बिना कुनै पनि संस्था अघि नवढ्ने भएकोले प्याराग्लाइडिङ क्षेत्रमा उठेको राजश्व प्याराग्लाइडिङका लागि नै खर्च गरिनु पर्ने कुरामा समेत जोड दिदैं प्रधिकरण संग यसका लागि भद्र सहमती भएको जानकारी समेत गराए ।

प्राधिकरणका उपनिर्देशक शुभाष झाले प्राधिकरणले पिपिपि मोडेलमा पहिलो पटक यस्तो प्रकारले अधिकार प्रत्यायोजन गरेर हवाई खेलकुदलाई शुरक्षित बनाउने प्रयास गरेको बताउँदै मनोरंजनात्मक उड्ययन क्षेत्रमा यो अधिकार प्रत्यायोजन कोशे ढुङा सावित हुने धारणा राखे ।

हवाई खेलकुदको क्षेत्रमा गण्डकी प्रदेशमा पर्यटनको माध्यम बाट आर्थिक सम्मुनतका लागि ठूलो फड्को मार्न सक्ने बताउँदै नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघका सचिब इन्द्र भण्डारीले प्राधिकरणले ना लाई अधिकार प्रत्यायोजन गरेर महत्वपूर्ण कार्य गरेका बताए ।

कायक्रममा नेपाल नागरिक उडययन प्राधिकरणका फ्लाइट सेफ्टी इन्जिनियर राजु श्रेष्ठले हवाइ खेलकुद शुरक्षाका विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

पोखराको हवाई खेलकुदको करिब २० वर्षको इतिहास छ । कुनै बेला विदेशीहरु मनोरंजनाका लागि उडान भर्ने प्याराग्लाइडिङ कालान्तरमा आएर ब्यबसायिक उडानको रुपमा स्थापित भएको थियो । पोखराको ब्यबसायिक उडानका लागि पहिलो पटक सनराइज प्याराग्लाइडिङ बाट शुरु भए पनि हाल ६३ वटा ब्यबसायिक कम्पनीहरु रहेका छन । जसमा सोलो र टेन्डम गरि करिब ३ सय जना भन्दा बढी पाइलटहरु कार्यरत रहेका छन ।

पोखरामा हवाई खेलकुद संग आवद्ध ४ बटा अल्ट्रालाइट र एक बेलुन उडानको कम्पनी पनि संचालनमा छ । नेपालभर ७५ प्याराग्लाइडिङ मध्ये पोखरामा ६३, काठमाण्डौमा ७ र शुर्खेत लगाएत अन्य जिल्लामा रहेका छन । पोखरामा ब्लु स्काई प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर र स्याङजामा एक गरि दुई ट्रेनिङ सेन्टरहरु पनि संचालनमा रहेका छन ।

Air Sports Association NAA

Posted by PokharaSports.com on Wednesday, March 27, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close