
पोखरा स्पोर्टस । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन्।
बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरु जित्दै युभीसीसी कोहलपुर, बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल प्रवेश गरेका छन्।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा युभीसीसी कोहलपुरले नेपालगंज च्याम्पलाई ३४ रनले पराजित गर्यो। युभीसीसी कोहलपुरले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पले १२.५ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा नेपालगंज च्याम्पको लागि फर्दीन खानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। युभीसीसीको बलिंगमा आलोक चौधरी र सुमन गुरुङले समान ३ विकेट लय भने बिरेन्द्र शाही र गोपाल केसीले समान २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको युभीसीसीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो। उसको लागि सुमन गुरुङले सर्वाधिक २७, कमल थापाले १८ तथा गोपाल केसीले १२ रन बनाए। नेपालगंज च्याम्पको बलिंगमा अनिमेष जंग शाहीले सर्वाधिक ४ विकेट तथा रबिश वर्मा र क्रितेश कार्कीले समान २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच युभीसीसी नेपालगंजका सुमन गुरुङ चुनिए।
दिनको दोश्रो खेलमा बिबिसीसी किर्तिपुरले राझा स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो। राझाले दिएको ६४ रनको लक्ष्य बिबिसीसीले ५.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
बिबिसीसीको लागि सन्दिप कुँवरले सर्वाधिक ३१ रन बनाए जुन क्रममा १० बलमा ५ छक्का हिर्काए। निरज सिंह धामीले १९ रन बनाए।
