राष्ट्रिय खेलकुद परिषद द्वारा आठ संघ खारेज

काठमाडौं, २७ असार ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन् ।

खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परिक्षण नविकरण, निर्वाचन आदि कार्यहरु नगरी राखेपबाट गत जेठ ४ गते राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाईएकोले खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close