अलराउन्डर सन्तोष यादवको नेपालको राष्ट्रिय टी- २० टिममा डेब्यु

पोखरा स्पोर्ट्स ।  पीएम कपमा राम्रो प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष यादवले नेपालको राष्ट्रिय टी- २० टिमबाट डेब्यु गर्ने भएका छन् । 

नेपाल र युएईबीचको आज हुने दोस्रो खेलमा डेब्यु गर्ने भएका हुन् ।‌ सन्तोषलाई वार्मअपका क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले डेब्यु क्याप दिएका छन् । 

उनले पिएम कपमा २१ विकेट लिएका थिए भने उत्कृष्ट ब्याटिंग गर्दै २६५ रन समेत बनाएका यादव प्लेयर अफ द सिरिज बनेका थिए । 

सन्तोष नेपालबाट टी- २० खेल्ने ५५औं खेलाडी बनेका छन् । यसअघि सोमबार पहिलो खेलमा हेमन्त धामीले टी-२० मा डेब्यु गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close