
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानविरुद्ध हुने एकदिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।
क्यानका अनुसार यहि अप्रिल २२ र २४, २०२६ मा माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एकदिवसीय सिरिज आयोजना हुनेछ । उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो ।
टोलीको कप्तानी अनिल कुमार साहले गर्नेछन् ।
घोषित टोलीमा देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, अर्जुन राज दास, कुशल भुर्तेल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन् ।
संघले यो सिरिज युवा खेलाडीहरूको क्षमता परीक्षण र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।