अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि

पोखरा स्पोर्ट्स । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे ।

नेपालकै मिलन कुलुङ राईले २७ः०५ः१८ सकेन्ड समय लगातार दोस्रो तथा विजय राना मगरले २८ः२५ः१७ सकेन्डसहित तेस्रो स्थान हासिल गरे । मिलन पछिल्लो संस्करणमा पनि उपविजेता बने ।

एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्बा शेर्पा ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित विजेता बने । न्युजिल्यान्डकी एनी माइ बान र अनिता राई दोस्रो र तेस्रो भए । एनीले ३३ः५१.४१ र अनिताले ३८ः१८.२३ सकेन्ड समय लगाए ।

८० किमी दौडमा सुर्य राज राई (१३ः१९ः५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ः२३.३३ सकेन्ड) तेस्रो भएका छन् । ८० किमी महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा दौड सकाएर पहिलो भए । भारतकै नाङक्युसुकी स्लोङ (२१ः५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ः२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहे ।

५० किमी पुरुषमा गोपाल तामाङ (०६ः३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६ः५७.२३ सकेन्ड) तेस्रो बन्नुभयो । ५० किमी महिलातर्फ सुनसरी रोकाया (०७ः५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८ः५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहे ।

२० किमीमा पुरुषतर्फ विशाल बहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिला तर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो भए । यसैगरी दस किम पुरुषतर्फ सुहन तामाङ विशाल तामाङ र सौगत आरसी तथा महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थानमा रहे ।

छैटौँ मञ्जुश्री ट्रेल रेसको एक सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते सुरु भएर काठमाडौँ उपत्यकाको परिक्रममा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो । यसैगरी अन्य विधा, ८० किमी, ५० कि.मी., २० कि.मी. र १० कि.मि. क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेबनमा नै भएका थिए ।

सो दौडमा ३० राष्ट्रका ६०० भन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए । अगामी सातौं संस्करण २०२७ मार्च ५–७ गतेलाई तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close